सरकार र प्रतिवन्धित विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता सकियो टोलिका राजन भट्टराई भने बार्ता सकारात्मक
काठमाण्डौं,फगुन १९ । सरकार र प्रतिवन्धित विप्लव समूहबीच बुधबार बिहान पहिलो चरणको औपचारिक वार्ता भएको छ। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल सुरू भएको स्रोतले जनाएको छ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्माबीचको वार्ता भइरहेको बताइएको छ।
वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई छोड्ने सर्त राखेको स्रोतले जनाएको छ।
यसअघि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए।
‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु।’
वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ।
मंगलबार सरकारले वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा सरकारी वार्ता टोली र प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन गरेको थियो।