नवलपरासी पश्चिममा १३ लाख ८३ हजार मुल्य बराबरको अवैध मालसामानहरु पक्राउ
नवलपरासी पश्चिम ,१६ माघ (बिन्द्र यादव) । नवलपरासी पश्चिममा १५ दिनको अवधीमा करिब १३ लाख ८३ हजार मुल्य बराबरको अवैध मालसामानहरु प्रहरीले राजस्व दाखिला गरेको छ ।
यस अवधिमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै २ लाख ५८ हजार १ सय ३० मुल्य बराबरको साडी,सुट लगायतका बिभिन्न कपडा १५ सय किलोग्राम चिनी,२० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४ सय थान मोबाईल कभर लगायत बिभिन्न मालसमान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको हो ।
यसैगरी सामुदायिक वनबाट अबैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलोरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.एन. चोकबाट पक्राउ गरी कारवाहीको लागी सयपत्री सामुदायिक वन कार्यालय बर्दघाट पठाईएको हो ।
त्यसै गरि सरावल गाउँपालिका वडा नं. ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्थलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० किलोग्राम झ्याउ र २१८० किलोग्राम सुनाखरी नामक जडिबुटी बरामद गरि जिल्ला वन डिभिजन कार्यालय नवलपरासी बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।