अब पोखरामा आउने पर्यटकलाई अपार्टमेन्ट सेवा

काठ्माण्डौं , मङ्सिर ३ । लामो वा छोटो समय बस्नका लागि पोखरामा आउने पर्यटकलाई लक्षित गर्दै लक्जरी अपार्टमेन्ट सञ्चालनमा आएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले पोखराको लेकसाइडस्थित बाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् । गु्रपमा र परिवारसहित आउनेलाई लक्षित गर्दै पोम्स पेन्टहाउस सञ्चालनमा ल्याएको सञ्चालन श्रेष्ठले बताए ।

पोम्समा घरमा चाहिने सम्पूर्ण सुविधा अपार्टमेन्टमा उपलब्ध छ । किचन, ग्याँस, भाँडाकुडालगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा हाउसको रहेको श्रेष्ठ

पोखरामा परिवारसहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने गर्छ । ‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ,’ उनले भने । यद्यपि, एक दिनमात्रै वा छोटो समय बस्नेले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए ।

एक रातको नेपालीका लागि ३ हजारदेखि १२ हजारसम्म र विदेशीलाई ४० डलरदेखि १२० डलरसम्म लिने गरेको बताए । करिब १० आना क्षेत्रफलमा निमार्ण भएको अपार्टमेन्ट निर्माण करिब १० करोड खर्च भएको श्रेष्ठको भनाइ छ । पोम्समा स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेडरुमको ४ वटा, थ्री बेर्डरुमको १ र ६ वटा सेरिङ किचन रुम रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv