नेपालमा पहिलो पटक ‘क्यालिस्टेनिक्स च्याम्पियनसिप’ खेलको आयोजना
काठमाडौं,भदौ १५ । काली नेपालको आयोजनामा क्यालेक्स्टेनिक्स च्याम्पियन्सिप खेल प्रतियोगिता भएको छ । काठमाण्डौंको नाडा स्पोर्टस फिट्नेस केन्द्र बाँसबारीमा आयोजित उक्त प्रतियोगिता एथलेटिक्स बिकास संघ (नाडा) र पुनर्वास केन्द्र को सहकार्यमा ‘एनएमबि काली नेपाल क्यालेस्टेनिक्स च्याम्पियनसिप’प्रतियोगिता गरिएको आयोजकले बताए । आजको प्रतियोगितामा ४८ जना सहभागी मध्य ७ जना महिला खेलाडीले भाग लिएको काली नेपालका अध्यक्ष सम्राट पाण्डे ले बताए ।
यस्तो प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गरिएको अध्यक्ष पाण्डेले भने । ‘स्थापना काल देखि नै नेपालमा क्यालिस्टेनिक्स खेलको सुरुवात गरेका छौं। बेलायतमा लामो समयको अध्ययन पश्चात् नेपाल फर्किएर यस्तो खेलको सम्भावना देखेकोले अहिले यो प्रतियोगिता गरी प्रचारप्रसार गर्न लगेका छौं र यो खेलको पनि धेरै सम्भावना रहेको छ ।’ अध्यक्ष पाण्डेले भने ।
युवाहरुको यस खेल प्रति अझै रुची र आकर्षण बढाउनका लागि आगामी दिनमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगीता गरिने आयोजकले जनाएको छ ।
आजको खेलबाट उत्कृष्ट पाँच जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र आउँदो डिसेम्बरमा बृहत क्यालिस्टेनिक्स प्रतियोगिताको आयोजना गर्ने राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्रका अध्यक्ष बिबेक बिक्रान्त अधिकारीले जानकारी दिएका छन् ।
विवेक विक्रान्त अधिकारी राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्रका संस्थापक अध्यक्ष मात्र नभई एक एथलेटिक थेरापिस्ट र प्रदर्शन कोच पनि हुन् ।
उनले साउथवेस्टर्न ओक्लाहोमा स्टेट युनिभर्सिटीबाट एथलेटिक प्रशिक्षणमा स्नातक गरेर नेपाल राष्ट्रिय फुटबल टोलीमा पुरुष र महिला दुवैसँग काम गर्ने अनुभव बटुलेका छन् । राष्ट्रिय टोलीसँगै उनले नेपालको ए डिभिजन फुटबल क्लब संकटा एफसी र खुमलटार एफसीमा पनि काम गरेका छन् ।