नेपालमा डाक्टरमा पनि देखीयो कोरोना पिजेटिभ
ललितपुर,जेठ ७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण नेपालका एक चिकित्सकमासमेत देखिएको छ । ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिापेर्टमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा । विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिएका थिए । ति चिकित्सक रोग नियन्त्रण महाशाखाको फिल्डमा कार्यरत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्वास्थ कार्यलयका प्रमुख खगेश्वर गेलालका अनुसार उनी रोग नियन्त्र ण महाशाखा टेकुमा कार्यरत चिकित्सक हुन्। ‘उहाँ चिकित्सक भएको खुलेको छ । गेलालले भने, ‘२६ वर्षीय डाक्टर बाहिर जिल्लाको हुनुहुन्छ तर ललितपुर ठेगाना मात्रै लेखिएको छ । उहाँको बारेमा थप जानकारी लिदैछौँ।’
चिकित्सकलाई कोरोना पोजिटिभ देखियो भनेर नआत्तिन उनले आग्रह गरेका छन् । स्वास्थ कार्यालयले ललितपुरका ५ वटा पालिकामा ८ सयको कोरोना परीक्षण गरेको र ३ सयको रिपोर्ट नेगेटिभ आएको छ । नमुना परीक्षण गरिएकामध्ये पाँच सयको पीसीआर रिपोर्ट आउन बाँकी छ ।
‘थप रिपोर्ट भोलि आउँछ’,उनले भने । गेलालका अनुसार संक्रमित चिकित्सकको बारेमा बुझ्न स्वास्थ कार्यालयका तथ्यांक अधिकृत राष्ट्रिय जनस्वास्थ्य कार्यालयमा पुगेका छन्। मंगलबार ति चिकित्सकसहित २७ जनामा कोरोना संक्रम ण पुष्टि भएको छ।
नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। संक्रमितमध्ये झापाका ९ जना छन् भने काठमाडौं ३, भक्तपुर एक जनामा कोरोना पोजिटिभ देखिएको छ। सँगै कपिलवस्तुमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ।
त्यसैगरी मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लम्जुङ र नवलपरासीमा एकएक र सर्लाहीमा दुईजनामा कोरोना पुष्टि भएको हो। प्रवक्ता देवकोटाका अनुसार उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको छ। योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ। जसमध्ये ३४० पुरुष र ६२ महिला छन्। ३७ जना भने निको भएका छन्। नेपालमा दुई जनाको भने मृत्यु भइसकेको छ। अन्नपुर्णपोष्ट