प्रजातन्त्र सेनानी भण्डारीलाई यसरी गरीयो अन्तिम बिदाई (भिडियो सहित )
काठमाण्डौं,माघ २५ । प्रजातन्त्र सेनानी कर्ण बहादुर भण्डारीको शनिबार विहान ६ः३७ बजे ८६ बर्षको उमेरमा निधन भएको छ । उहाँको काठमाडौंको नयाँ बानेश्वर स्थित आफ्नै निवासमा निधन भएको हो । वहाँ पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जली दिनका लागि नेपाली काँग्रेसका युवा नेपा एन पी साउद, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले पशुपती आर्यघाटमा पुग्नु भएको थियो ।
डडेल्धुराको तत्कालिन समैजी गा.बि.स वडा न ९ मा १९९१ चैत ९ गते जन्मनु भएका भण्डारी २००७ साल देखी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सक्रिय रहँदा ३ महिना राजबन्दीको रुपमा जेल पर्नु भएको थियो ।
२०२८ सालमा डडेल्धुरा जिल्ला सभापति र तत्पश्चात् राष्ट्रिय पञ्चायतको सदस्य रही सुदूरपश्चिमको विकासका लागि महत्वपूर्ण योगदान दिनु भएका भण्डारी २०५६ सालमा राजपरिषद् स्थायी समितिको सदस्य समेत हुनुहुन्थ्यो ।
त्यस्तै पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा ले पनि आफ्नो टुइट मार्फत श्रद्धान्जली अर्पण गर्नु भएको छ ।
स्वर्गिय भण्डारीका चार जना सन्तान हुनुहुन्छ । चार सन्तानमध्ये माईला छोरा भक्त बहादुर भण्डारी मानवीय सेवामा समर्पित भक्त बि.बि.फर ह्युमानिटीका संस्थापक अध्यक्ष हुन् । उहाँ संयुक्त राज्य अमेरिकाको टेक्सासमा लामो समयदेखी परिवारसहित बस्दै आउनु भएको छ ।