दानबिर दल बहादुर जस्ले आफ्नो जन्मदिनमा असाहय दिन दु:खीको सेवामा एकछाक भोजन गराए
काठमाण्डौं,फागुन १ । धन्वत्तरी आयुर्बिज्ञान अध्ययन संस्थान तथा अस्पतालका प्रबन्ध निर्देशक तथा समाज सेवी दल बहादुर जी सी ले आफ्नो ३५औं जन्मदिनको अवसरमा असाहय दिनदुखीहरुको सेवा घर रिमा साईराम सेवा घरमा रहेका बालबालिका तथा ब्रिद्धाहरुलाई भोजन गराउनु भएको छ ।
एकदिन एकछाक भएपनि अरुको सेवामा समर्पण गर्न पाएकोमा जन्मदिने आमाबुवा प्रती असाध्यै आभारी रहेको बताउनु भयो । वहाँले आज बालबालिका ब्रिद्धब्रिद्धा गरी ३५ जनालाई बिहानको खाना खुवाउनु भएको हो ।