सभामुख सापकोटाले लगाए कोरोना भाइरसविरूद्धको खोप
काठमाण्डौ,फागुन १९ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा सापकोटाले खोप लगाएका हुन् । सरकारले आजदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई खोप लगाउने व्यवस्था गरेको छ ।
संसद सचिवालयले खोप लगाउने १ हजार ५०० जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । सोही विवरणका आधारमा मन्त्रालयले सांसद र कर्मचारीहरुलाई आज बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाएको छ।