विप्लव र सरकारबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र विप्लवले भोलि एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं,फागुन २० । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

दुवै तर्फका वार्ता टोलीबीच आज विहान भएको चौथो चरणको वार्तापछि तीन बूँदे सहमति भएको हो । सहमतिपछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । भोलि हुने एक विशेष विशेष समारोहका बीच महासचिव चन्द सार्वजनिक हुने बताइएको छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बधोन गर्ने तय भएको छ । चन्द पछिल्लो तीन वर्षयता भूमिगत अवस्थामा रहनुभएको छ ।

सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमति भएको हो। सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाएको छ। सरकारले विप्लव समूहका पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमतिसमेत गरेको छ।

वार्ता लागि नेपाल सरकारबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन भएको थियो।

सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने प्रेस नोटमा उल्लेख गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv