गर्भवती नर्स जसले आफ्नो नजन्मिएको बच्चासँगै साढे तीन वर्षका बच्चा र श्रीमानलाई छोडेर सदाको लागि यो संसार छाडिन्,
एजेन्सी । एक गर्भवती महिला जो सन्तानलाई जन्मदिन पुरै तयारी अवस्थामा थिइन् । एक छोरा थिए । श्रीमान र उनी दोस्रो सन्तानको आगमनको तयारीमा थिए । तर उनीहरुको जिवनमा नसोचेको घटना भयो । भारतमा फैलीएको महामारीले गर्भवती महिलाई पनि छोयो। उनी आफै स्वास्थ्यकर्मी पनि थिइन् । त्यसैले स्वास्थ्यका बारेमा पनि सचेत थिइन् ।
तर भाइरसले उनलाई पनि छोयो । लक्षण देखिएपछि उनी अस्पताल भर्ना भइन् । उनले अस्पताल भर्ना भएपछि एउटा भिडियो बनाइन् । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । उनले निकै सन्देशपूर्ण कुरा रेकर्ड गराएकी छन् । यो भारतको घटना हो । उनले भनेकी छन्, ‘हेल्लो एभ्रिवान । मैले यो भिडियो निकै मुस्किलसँग बनाइरहेको छु ।
म तपाईहरु सबैलाई बताउन चाहन्छु कि कोरोनालाई हल्का नलिनुस् । निकै खराब लक्षण छ । म राम्रोसँग बोल्न पनि सकिरहेकी छैन । तर आफ्नो सन्देश सबै समक्ष पुर्याउन चाहन्छु । कृपया बाहिर निस्किएका बेला, मानिसहरुसँग कुराकानी गर्दा, जहिले पनि मास्क लगाउनुस् ।’
यी कुरा दिल्लीकी ती महिलाले आफ्नो अन्तिम भिडियोमा भनेकी हुन् । यी महिलाले कोरोनाको ल डा इँ हारिसकेकी छिन् । तर, आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् । उनका पति रविचावलाले आफ्नी श्रीमती र नजन्मिएको शिशुको मृत्यु भएको जानकारीसहित यो भिडियो सन्देश ट्वीटरमा पोस्ट गरेका छन् ।
यी महिलाको नाम दीपिका हो । ११ अप्रिलमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १७ अप्रिलमा उनले यो भिडियो रेकर्ड गराएकी हुन् । त्यतिबेला उनको स्वास्थ्य बिग्रँदै थियो । अन्त्य, २६ अप्रिलमा कोरोनाबाट हार खाएर संसार छाडिन् । दीपिका आफ्ना साढे तीन वर्षका छोरा र पतिलाई छाडेर बिदा भएकी हुन् । दीपिकाका पति रविले ९ मेइमा यो भिडियो ट्वीटरमा शेयर गरेका हुन् । जहाँ उनले लेखेका छन्, ‘उनी पुरै तरिकाले मातृत्वका लागि समर्पित थिइन् र आफ्नो नजन्मिएको बच्चासँगै स्वर्ग गइन् । र, साढे तीन वर्षका बच्चालाई छाडेर गइन्, ह्याम्पि मदर्स डे दीपिका ।’