कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपको उल्लेखनीय सहायता
काठमाण्डौ,जेठ ८ । कोभिड १९ को संक्रमण बढ्दै गएको अवस्थामा सो को रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमहरुलाई केही सहयोग स्वरुप यस शारदा ग्रुप तथा यस अन्तर्गत लगानी भएका कम्पनीहरु (Sister Concerns) ले आफ्नो ब्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत निम्नानुसारका सहयोगका कार्यहरु गरेको छन्
१. दुहबी नगरपालिका अन्र्तगत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको क्ष्ऋग् भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी लिएको छ साथसाथै बिरामीहरुको लागि निःशुल्क एबअपभत ँययम र बिरामी कुरुवाहरुको लागि निःशुल्क भोजनको समेत ब्यवस्था गरेको छ ।
२. काठमाडौंमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ ।
३. लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको छ । साथै कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरुका लागि निःशूल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेका छौं ।
४. यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिरहेका छन् । होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान इहथनभल ऋयलअभलतचबतयच उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा क्ष्ऋग् र क्ष्कयबितष्यल सहितको ऋयखष्म ऋभलतभच को लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधी उपलब्ध गराइरहेको छ ।