एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले चलायो गो’ली (फोटो फिचर )
काठमाडौं फागुन ८ । सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गर्यो ।
सत्तारुढ गठबन्धनको बैठकपछि प्रधिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । बैठकले आइतबार बस्ने प्रधिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि पेश गर्ने निर्णय गर्यो र कार्यसूचीमा राखियो ।
प्रतिनिधिसभाको आइतबार नै बसेको बैठकमा एमसीसी अनुमोदनका लागि टेबुल गरियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहे पनि एमसीसी टेबुल गरिएको थियो ।
संसदमा टेबुल भएसँगै अब एमसीसीमाथि सडकमा होइन संसद भित्र छलफल हुनेछ । सार्वभौम संसदले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ । यसैक्रममा आज दिनभर नयाँ बानेश्वर तनवग्रस्त रहयो । प्रहरीले प्रदर्शनकारी माथि दर्जनौ अश्रु ग्यास र रबर गोली चलाएको छ । हेर्नुहोस् फोटो पत्रकार रतन बहादुर चन्द ले खिचेका तस्बिर ।