दलित भूमिहीन, सुकुम्वासीलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण गर्ने

चितवन,चैत २२ । चितवनको भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण गर्ने भएको छ ।
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहिनहरुको रातो पुर्जा (लालपूर्जा) मा आज हस्ताक्षर गरि प्रक्रिया पुरा गरेसगैँ यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा पाउने भएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै उपस्थित भएर लालपूर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिए ।
आयोगको अध्यक्ष भएर आएसगैँ निस्सा वितरण र गाँउ ब्लकका स्थानियलाई लालपूर्जा वितरण गरेका थियौँ अध्यक्ष तिमिल्सीनाले भने, यो आयोग २२ औँ आयोग हो, बोलेर भन्दा काम गरेरै देखाएका छौँ । गरे हुदो रहेछ त ।

नेपालमा नै पहिलो पटक सेटलाईट प्रविधिबाट जग्गाको नापजाँच पुरा गरि भरतपुर महानगरको वडा २ आँपटारी स्थित देवकोटा चोकमा भव्य कार्यक्रम गरि लालपूर्जा वितरण गर्ने उनले बताए ।
भूमि आयोगले निस्सा वितरण गरेको ३५ दिन र आयोगका टिम आएको ६३ दिनमा नै लालपूर्जा दिदै छौँ म खुसी छु, उनले भने, अझ भनौँ महानगर प्रमुख रेनु दाहालले चुनावी बाचा अनुसार लालपूर्जा दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले पाउदै हुनुहुन्छ ।
यो भन्दा अगाडीका आयोगले कुनै पनि काम गरेको अवस्थामा अहिले आयोगले तदारुपताका साथ काम गरेकै कारण आफुहरुले लालपूर्जा वितरण गर्ने बाचा पुरा गर्न लागेको विज्ञ सल्लाहकार नीरप्रसाद लामिछानेले जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv