नीति अनुसन्धान प्रतिष्ठानले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाण्डौं,भदौ ७ । नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञहरू सहभागी हुनेछन् । भारतबाट ३८ जना विज्ञ आउनेछन् । जम्मा ७० जना विज्ञ सहभागी हुनेछन् ।

‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ,’ निर्देशक अधिकारीले भने । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा. विनय कुमार मिश्रले जानकारी दिए ।

सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

एक घण्टा चलेको उक्त कार्यक्रममा कन्भेनर डा. विनय कुमार मिश्रा र नीति अनुसन्धान प्रतिष्ठान, नेपालका डाईरेक्टर डा. दीपक कुमार अधिकारीले विषय वस्तुलाई प्रस्तुत गर्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv