तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलमा देखियो यस्तो रौनक
काठमाण्डौं,पुष १५ । गुरुङ समुदायले आज हर्षोल्लासपूर्वक तमु ल्होसार पर्व मनाए । पुस १५ गते नयाँ वर्षको स्वागतमा यो पर्व मनाइँदै आएको छ ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसपटक बाघ वर्षको बिदाइ र बिरालो वर्षको स्वागत गर्दै तमु ल्होसार मनाइएको हो । यो पर्वका अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्यक्रममा सहभागी भएका छन् ।