समाजसेवी भण्डारी एनएसटीको अध्यक्षमा निर्वाचित
टेक्सास,माघ २० । नेपाली समाज टेक्ससको बोर्ड अफ ट्रस्टीको अमेरीकाको अध्यक्षमा डडेल्धुराका समाजसेवी भक्त बहादुर भण्डारी निर्वाचित भएका छन । हालै सम्पन्न नेपाली समुदायको टेक्ससमा भएको बृहत् भेला बाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षको जिम्मेवारी पाएका भण्डारीले पद तथा गोपनियताको सपथ पनि लिईसकेका छन् । अमेरिकाको टेक्सस लाई आफ्नो कर्मथलो बनाएका भण्डारी लामो समय देखि समाजिक सेवामा अग्रसर रहदैं आएका छन् ।
गैर आवासीय नेपाली सँघका लाईब्रेरी चेयरको जिम्मेवारी समेत निर्वाह गरेका भण्डारीले नेपालका दुर-दराज का थुप्रै विद्यालयहरुमा बालबालिकाहरुका लागि लाईब्रेरी स्थापनाको कार्य गर्दै आएका छन् । चाँडै संयुक्त राज्य अमेरिकाको टेक्ससमा नेपाली समाज टेक्सस (NST) को आफ्नै भवन खरिद गर्ने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताए ।
नेपालमा भएका हरेक दैविय, प्राकृतिक बिपत्तिहरुका बेला अफ्नो ब्यक्तिगत र विभिन्न सघं सँस्था मार्फत पिडितरुलाई सहयोग जुटाउँदै आएका छन् । भण्डारीले बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला स्वयं संरक्षक रहेको भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटी मार्फत देशभरका विभिन्न ठाँउहरुमा क्वारेन्टाइन संचालन गरी निःशुल्क खाना, यातायात, औषधि बितरण आदिमा ठूलो सेवा गरेका थिए । यसरी सेवा गरे बापत
पछिल्लो समय सुदुरपश्चिममा रहेको समस्या छाडा गाई-गोरु ब्यवस्थापनका लागि गौ संरक्षण अभियान लाई समेत अगाडि बढाउने कामलाई सघाउ पुर्याउंदै आएका छन्। रक्तसञ्चार केन्द्र धनगढीलाई घुम्ती रक्त संकलन कार्यका लागि रक्तसञ्चार बस खरिदमा सहयोग, अक्सिजन प्लान्ट खरिदमा समेत सहयोग गरेका थिए ।