अराजकताबादी बुद्धिजीवी धेरै छन् – अर्जुन ज्ञावली ( लेख )
काठमाण्डौं,चैत २०। माओवादी हिंसाकालमा माओवादीकै स्थानीय नेता ज्ञामप्रसाद चालिसेको हत्या आरोपित नरेन्द्रजङ पिटर हुन । आफुलाइ साहित्यकार काङ्ग्रेस समर्थक भन्ने हरि अधिकारी जसले २०५८/०५९ तिर अमेरिका पठाइदिने भन्दै ठग्दै हिडेका थिए । काङ्ग्रेसका पुराना नेता ढुण्डिराज शास्त्रीको अनामनगरको सहिद स्मृति प्रतिस्ठानमा आइरहने अधिकारीले यसरी ठगि धन्दा गरेपछि पीडितलाई लिएर म आफै आन्नपुर्ण पोस्टको कार्यालय पुगेको थिए । गुप्तचरी धन्दागरेर साहित्यकार र बुद्धिजीवीको नाममा समाजमा भ्रमदिदै आएका यी नक्कचराहरु अहिले हामी विरुद्ध बमिट गर्दैछन । तिमीहरु जस्ता ठग र धेरै अपराधीहरुको हैसियत हामीलाई राम्रो गरि थाहा छ । हामी सलाइको काटी जस्तै हौ ।
हामीलाई जिस्क्याउने कोशिस गर्दा परिणाम राम्रै भोग्नु पर्नेछ । तिमीहरु जस्ता ठग बुद्धिजीवीको बारेमा हामी राम्रो सँग जानकार छौ । प्रहरीमा जागीर खाने उग्र परिबर्तनकारी बनेर सूचनाको काम गर्ने राम बहादुर जिसी जस्तै घोसित अघोषित मिसन जासुसी सम्यन्त्रका ब्यक्तिको बारेमा हामी भ्रममा छैनौ ।
२०६१ सालमा प्रेम कैदी प्रधानमन्त्री बनाए सबै समस्या,हल हुन्छ भनेर दरबारमा निवेदन पठाउने गोपाल किराँती जस्ता जातिवादी बारे पनि हामीलाई जानकारी छ प्रहरीको अनुसन्धान तर्फ जोडिएका यस्ता अराजकताबादी बुद्धिजीवी ,प्राध्यापक ,पत्रकार ,लेखकको आवरणमा धेरैछन । चाणक्यले भनेजस्तै खराब मानिसले आलोचना गरे सहि ठाउँमा छौ र प्रशन्सा गरे गलत ठाउँमा छौ । यी ठग जासुस बुद्धिजीवी भन्नेहरूको आलोचनाले हामी ठिक ठाउँमा भएको प्रमाणीत गरिएकोमा आलोचक यी ठगहरुलाइ धन्यवाद ।
इतिहास सय पचास बर्षको हुँदैन र बरालिएको भिडको आवाजमा लेखिएको इतिहास हुँदैन । नेपालको बिरेन्द्रमार्ने देशीविदेशी सैन्य गिरोहले चलाएको कथित माओवादी हिंसामा वास्तविक कम्युनिस्ट मराउने जासुसहरु स्थापित गर्ने पाटोको यथार्थ घटना लेखिन बाकिनैछ। बाबुराम स्थापित गर्न तत्कालीन समयमा बाबुरामको क्याम्पमा रहेका दिनानाथ शर्माले दिएको सूचना र बाबुरामकै योजनामा शुरेस वाग्ले गोर्खामा मारिए । यान प्रसाद गौतमलाई यसरी नै मराए र गद्दार घोषणा गरे । यो पाटो लेखिन बाकि नै छ । अपराधीहरुले हेक्का राख तिमीहरुलाई इतिहासले युगौयुग सम्म थुक्नेछ । (लेखकको निजिबिचार )