आज यी प्रदेशमा भारी बर्षा हुने
मौसमविद् शान्ति कँडेलका अनुसार कोशी , बागमती र गण्डकी प्रदेशमा तुलनात्मक रूमा बढी पानी परिरहेको छ।
न्यूनचापीय रेखा नेपालनजिक सर्ने क्रममा रहेकाले हिजो र अस्तिको तुलनामा आजदेखि पानी पर्ने क्रम बढ्ने उनले बताइन्।
आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन्।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।