गाइजात्रा पर्वमा देखियो सल्यानी उत्सव तस्बिरमा हेर्नुहोस्

काठमाण्डौ,भदौ १५ । सल्यान जिल्लाबाट आई  काठमाण्डौंमा बसोबास गर्ने नेवार समुदायले पनि गाईजात्रा मनाए । सल्यानमा देखाइने गाईजात्राको झलक काठमाण्डौमा सल्यानी नेवार समाजले पनि निकालेका हुन् । बसन्तपुर डबलीमा पुगेर उक्त पर्वको उत्सव मनाएका हुन् ।

फरक परिवेश फरक भेषभुसा फरक वाजा फरक तरिको नचाईने हुनाले अरु जिल्लाको गाईजात्राको भन्दा अलि फरक खालको देखिएको थियो ।

यसलाई दर्शकहरुले पनि फरक खालको रहेछ भनि सुन्नमा आयो । अन्य जिल्लाबाट आई बसोबास गरेका नेवार समुदायहरुले हरेक वर्ष यसैगरी प्राचिनकालमा उपत्यका बाहिर गएको र अहिले सम्म यसलाई बचाइ राखेको र अब फेरि यस्ता खाल परम्परागत रुपमा मनाईले चलन फेरि काठमाण्डौ मै फर्किने सन्देश दिएको दर्शनहरु भनाई रह्यो ।

यस गाई जात्रामा देखाइएकोमा चार जना नाच्ने हुन्छन जसलाई वैरागी भनिन्छ , बादल बजाउनेलाई मादले भनिन्छ डोको भित्र बस्नेलाई डोके भनिन्छ भने यसमा अरु मुरली मुजुरा पनि बजाइन्छ । यो सल्यान तिर घर घरमा नाच्दै लगिन्छ भने काठमाण्डौ नयाँ र पहिलो पटक भएको जानकारी नेवार समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भयो । फोटो प्रदीप कुमार श्रेष्ठ



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv