तेजस्वी, टीआईए र न्युटनको विजयी सुरुवात

काठमाडौं, साउन ३२ गते । तेजस्वी, टीआईए र न्युटनले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेका छन् । तेजस्वी र टीआईएले सिनियर गल्र्स तथा न्युटनले जुनियर ब्वाइजमा जितका साथ यात्रा प्रारम्भ गरेका हुन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलमा भएको सिनियर गल्र्सको खेलमा तेजस्वीले आदित्यलाई ६–२ ले पराजित ग¥यो । तेजस्वीको जितमा एस्थर बरुवालले ४ अंक योगदान गरिन् । सिनियर गल्र्सको अर्को खेलमा अन्जली शाहीको १० अंक सहयोगमा टीआईएले सत्य साइलाई १६–७ ले हरायो ।

जुनियर ब्वाइजमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ९–५ ले पाखा लगायो । सबै स्कोर न्युटनका आशिष राईको नाममा रह्यो । सोही स्पर्धाको अन्य खेलमा लालीगुराँसले आयोजक ग्रिनल्यान्डलाई ११–१०, भ्याली पब्लिकले तेजस्वीलाई ४६–३८ र किङडमले टीआईएलाई ४३–३४ ले पाखा लगाए । लालीगुराँसका सर्गम गुरुङले ४, भ्याली पब्लिकका अशोक विकले १६ र किङडमका जिग्मे लामाले ११ अंक जोडे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले ह्याट्रिक जित निकाल्यो । भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३१–२४, केभीकेएसएसलाई ४०–२० र फेरिल्यान्डलाई २५–१८ ले पन्छायो । भ्याली पब्लिकका लागि बीएनए विरुद्ध एन्जल गुप्ताले १०, केभीकेएसएस र फेरिल्यान्ड विरुद्ध लोरिशा गौचनले समान १७–१७ अंक बटुले ।

सिनियर ब्वाइजमा जिनियस वल्र्डले सारथीलाई ४०–२८ तथा भ्याली पब्लिकले डिबीएलाई ५१–३९ ले पराजित गरे । जिनियसका प्रदीप तामाङले १२ तथा भ्याली पब्लिकका सुनिल पौडेलले २१ स्कोर गरे ।

प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । जुनियर ब्वाइजमा २४, सियिनर गल्र्समा १६ र सिनियर ब्वाइजमा २४ गरी ६४ टिमको सहभागिता रहेको छ । फाइनल भदौ ११ गते हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv