पर्यटन ब्यावसायी रामप्रसाद सापकोटाको ‘आधा सताब्दी’ पुस्तक बिमोचन
काठ्माण्डौं,भदौ १० । पर्यटन ब्यावसायी राम प्रसाद सापकोटा को पुस्तक “आधा सताब्दी ” पुस्तक लोकार्पण भएको छ । आज काठमाडौको ठमेल स्थित मल्ल होटेलमा एक भब्य समारोह बिच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पांण्डे र कृषि मन्त्री माननीय रामनाथ अधिकारी ले लोकार्पण गर्नुभयो ।
मन्त्री पांण्डेले ब्यावसायी सापकोटाले आफुले जिवनको आधा सताब्दीमा भोगेका अनुभवलाई संगालेर पुस्तक निकालेकोमा अत्यन्त खुशी ब्यक्त गर्नु भयो । यो पुस्तक संघर्ष र कर्मठशिल पर्यटन ब्यावसायीको प्रेरणाको श्रोत हुने बिश्वास लिएको छु । भन्नू भयो ।
साथै नसोचेको मन्त्रालयमा काम गर्न पाउँदा निकै चुनौती छ । तर आफू रहुन्जेल केहि गर्ने मन छ आउनुहोस मिलेर काम गरौं । भन्नू भयो । त्यस्तै कृषि मन्त्री अधिकारीले कृषि र पर्यटनको क्षेत्रमा बिकास गर्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने र पुस्तकको लेखक ले भोगेका कुरा अनुसरण गर्ने हो भने सफलता मिल्ने बताउनु भयो ।
लेखक कवि डा.नवराज लम्साल ले पुस्तक बारे समिक्षा गर्नु भएको थियो । वहाँले सरल र सहज तरिकाले छलछाम नगरी मन कै भाषा प्रयोग गरिएको पुस्तक सबै पर्यटन ब्यावसायीले बढ्नै पर्ने र यस्ताअ अनुभव संगाली निकाल्न आग्रह गर्नु भयो त्यस्तै धादिङका लेखक र धादिङको पर्यटन बिकासमा राम्रा लेखकहरुलाई निम्तो दिई एउट संग्रह निकाल्न अनुरोध गर्नु भयो ।
सभा प्रमुख आकर्षण लेखक सापकोटाले बिमोचन कार्यक्रममा आउने सबैलाई धन्यवाद दिनु भयो ।