चौथो थाई चलचित्र महोत्सव काठमाडौंमा हुँदै

काठमाण्डौं,भदौ ११ गते । काठमाडौंस्थित रोयल थाई दूतावासले आगामी ३० अगस्टदेखि १ सेप्टेम्बर २०२४ सम्म “थाई फिल्म फेस्टिभल नेपाल २०२४” आयोजना गर्ने भएको छ । थाई फिल्म फेस्टिभलको आयोजना चौथो पटक नेपालमा गरिन लागेको हो । थाईल्यान्ड र नेपालको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन मुख्य उदश्य रहेको आईतवार आयोजित पत्रकार सम्मलेनमा राजदुत सुपपोङ सिरिसोर्न ले भने ।

पत्रकारको जवाफमा “थाई फिल्म फेस्टिभलले थाई भाषामा बनेका चलचित्रहरूलाई नेपाली जनसमुदायमा चिनाउने प्रयास गर्नेछ। साथै, कार्यक्रमको माध्यमबाट नेपाली दर्शकहरूलाई थाई चलचित्रहरूको माध्यमबाट थप मनोरन्जन प्रदान हुनेछ ।” राजदुतले भन्नु भन्नु भयो ।

फेस्टिभलले थाई र नेपाली जनताको बीचमा सांस्कृतिक आदान-प्रदानको अवसर सिर्जना गर्नुका साथै, दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सघाउने पनि अपेक्षा गरिएको छ ।

महोत्सव छायाँ सेन्टरमा हुनेछ भने महोत्सव अवधिभर थाई चलचित्र प्रदर्शन हुनुका साथै थाई खानाका परिकारको पनि पनि  स्वाद लिन सकिने छ ।

 

 

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv