चलचित्र ‘खुस्मा’को जापान र कोरिया राइट्स बिक्री

काठमाण्डौं,भदौ २२ गते । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को जापान र कोरिया राइट्स बिक्री भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै चलचित्रको यी दुई देशको प्रदर्शन अधिकार बिक्रि भएको जानकारी दिएको हो ।

जापानमा प्रदर्शन गर्ने अधिकार खुर्पेटो प्रोडक्सनले किनेको छ । पछील्लो समयमा गीत र टिजर रिलिज पश्चात दर्शकमाझ चर्चा बटुलेको निर्माण पक्षले जनाएको हो । जसको फाइदा चलचित्रको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री लघुचलचित्र लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको चलचित्र पहिलो पटक निर्देशन गरेका हुन् ।

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । दिपक बज्राचार्यको छायांकन रहेको छ भने धिरज मगर,उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv