आज संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्य सूची
काठमाण्डौ,भदौ २५ । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज (मंगलबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ।
प्रतिनिधि सभाको बैठकमा शहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग सांसदहरुको मौखिक प्रश्नोत्तर हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ।
त्यसैगरी बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन्।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रिय सभा बैठक पनि दिउँसो सवा १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेलन, २०७९/०८० पेश गर्ने कार्यसूची छ।