सहकारीबारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भयो : सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ
काठमाण्डौं,कार्तिक ४ गते । सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सहकारीबारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भएको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले संसदीय समितिको प्रतिवेदन मन्त्रिपरिष्द स्वीकार गरेको बताए ।
उनले भने, ‘त्यो प्रतिवेदनले औंल्याएका व्यक्तिहरुलाई अनुसन्धानमा लिने क्रम सुरु भएको मात्र हो । जो जो व्यक्ति तोकिएको छ,सबैमाथि छानबिन हुन्छ ।’
संसदिय छान बिन समितिले दिएको प्रतिबेदन अनुसार रास्वपाका सभापति रबि लामिछनेलाई गत शुक्रबार हिरासतमा लिएर आज अदालत पेश गरेको छ ।