विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

जनकपुरधाम,मङ्सिर २२ गते । त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ ।

यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था, र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोश्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झा ले जानकारी दिएका छन् ।

नेपाल भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन् ।
खुला सीमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ हुन शिबिरमा आउने यात्रीहरुको भनाइ रहेको छ ।

शिविर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिनेछ । शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिअहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादव लगायतका स्वास्थ्यकर्मीहरूले निःशुल्क सेवा प्रदान गरिरहेका छन् ।

जसपा नेता तथा प्रदेश सभा सदस्य मनिष सुमन, जिसस प्रमुख राम नन्दन मण्डलले संस्थाको प्रयासको प्रशंसा गर्दै समाजसेवाको यो पहललाई प्रेरणादायी बताए । शुभकामना दिनेहरुमा प्रमोद चौधरी, डा बिरेन्द्र लाल कर्ण, प्रध्यापक देबेन्द्र झा लगायतका रहेका थिए ।

शिविरमा नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, धनेश्वर ठाकुर, मनिष ठाकुर, कृष्ण कुमार साह र क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनिष श्रीओम, कार्यक्रम संयोजक रञ्जित झा, खुशबु साह, नन्दकुमार झालगायतको उपस्थिति रहेको जानकारी प्रवक्ता प्रमोद साह रङ्गीले दिएका छन् ।

यो शिविरले विवाह पञ्चमी महोत्सवमा सहभागी तीर्थयात्रीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv