राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
चीन विन्जाओ , मङ्सिर २८ गते । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ ।
एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान गरिएको हो ।
उक्त समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।
कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसि लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम्वन्धी सम्झौतालाई पनि यसले सहयोग गर्ने बताउनु भयो । यहाँको राम्रो पक्षको नेपालमा प्रचारप्रसार गराउन सहयोग पुग्ने हेतुले नेपालका फोटोपत्रकार समूहसंग यो मित्रता गासिएको बताउनु भयो ।
एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसंग गरिएको समभदारीले फोटो तथा समाचारहरुको माध्यमबाट दुई संस्थाको मित्रतालाई थप स्थापित गर्न सहयोग पुग्नुका साथै र दुई देशबिचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । अन्तराष्ट्रिय मिडिया हाउससंगको पहिलो गर्न पाएकोमा उहाले खुसी समेत व्यक्त गर्नु भयो ।
उक्त कायक्रममा विन्जाओ फोटोग्राफर एसोसियसनका अध्यक्ष लिइ जनपिङ् उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मा लगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो संग्राहालय र टेलिभिजन प्रसारणको पनि अवलोकन गराएका थिए ।
विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले शहरमा पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एप मार्फत समाचार संकलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।