पारा विश्व पौडी सिरिजमा २ खेलाडी

काठमाडौं, चैत २२ गते । पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइ तथा १ सय ५० मिटर व्यक्तिगत मिड्लेमा खेल्ने छन् । समना ५० मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागी हुने छिन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
व्यवस्थापकमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राखेपकी सदस्य अन्जना श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शनिबार जापान प्रस्थान गर्ने छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv