सञ्जीवकुमार पौडेलको ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक

काठमाडौं,चैत २६ गते । सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ एवम् माष्टरिङ र राजबाबु थापा रेकर्डिष्ट रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको कलर संयोजन र लक्षमण चौहानको सम्पादन छ ।

आफूले माया गरेको मान्छेलाई खुशी दिन नसकेको र आफू पनि खुशी हुन नसकेको गीतमा व्यक्त गरिएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv