गीतकार शंकर अधिकारी घायलको “ओठको त्यो मधुरस पिलायौ” बोलको गजल गीत बजारमा
काठमाडौं,बैशाख २ गते । स्वर्गीय गुरु गुरुदेव कामतको सम्झनामा शिष्य कृष्ण भट्टराइले गीतकार शंकर अधिकारी घायलको शब्दमा “ओठको त्यो मधुरस पिलायौ अलि अलि” बोलको गजल गीत बजारमा ल्याएका छन् ।
गायक भट्टराईले युवा अवस्थामा हुने जीवनको उतारचढावलाई मिठो ढंगले गीतमा प्रस्तुत गरेका छन् । युबा अबस्थामा हुने उतारचढावलाइ मिठो ढंगले बुनिएको शब्दलाइ गुरुदेव कामतले रमाइलो पारामा गजल लाइ संगीत गरेकाछन ।
चक्र बहादुर बरालको छायांकन ,रोशन भुसालको मेकप र राजेस कुमारको सम्पादन रहेकोछ भने नृत्य राजन महर्जन अनि अभिनय समिक्षा भुजेल, कृष्ण भट्टराई , रवि खड्का , राजु पौडेल , सुजन बस्नेत, नबराज अधिकारी , र बिक्रम गिरी र जेलिसा कार्किको अभिनय रहेको छ भने गीतकार शंकर अधिकारी घायलले उक्त भिडियो लाइ निर्देशन गरेकाछन ।
गायक कृष्ण भट्टराईले उक्त गीतलाई आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।