डडेल्धुराको प्रशिद्ध घटालथानमा मनाईयो बिशू पर्व (भिडियो सहित)
डडेल्धुरा,बैशाख २ गते । डडेल्धुरा जिल्लाको अमरगडि नगरपालिका वडा नम्बर ३ डोटी खोलामा अवस्थित घटाल थानमा एक दिने मेला अर्थात जाँत पर्व लागेको छ।
प्रत्येक वर्ष बैशाख २ गतेका दिन बिशु पर्वको रुपमा पुजिने श्री असिग्रामेश्वर घटाल देवताको मन्दिरमा आज मेला अर्थात जाँत पर्व लागेको हो ।
देवताहरुका राजा देवराज ईन्द्रका भानिज एवं महाभारतका चर्चित योद्धा पाण्डब भिमकी पत्नी हिडम्बा पुत्र घटौतकचको महाभारत युद्धमा भएको मृत्यु पश्चात कलियुगमा प्रभाबशाली देवताका रुपमा पुजिने बरदान प्राप्त भई प्रकट भएकाले प्राचिनकाल देखि यहाँ ठूलो मेला लाग्दै आईरहेको छ ।
जिल्लाभरका विभिन्न स्थानबाट हजारौ भक्तजनहरुले पर्वमा पुजाअर्चना गरेका थिए । भने घटालका धामीहरुले उक्त मेलामा बालुवा खाएर आआफ्नो शक्ति प्रदर्शन गरेका थिए ।
अमरगढी नगरपालिका–३ डोटी खोलामा अवस्थित घटालथानमा लाग्ने मेला भर्न डडेल्धुरा लगायत विभिन्न जिल्लाहरु बाट समेत दर्शनार्थी तथा भक्तजनहरु आउने गरेका छन ।