प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार विहान शिक्षण अस्पताल भर्ना भएका छन् । उनी नियमित स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री बैंकक जानुपर्ने तालिका थियो । तर समयको ब्यवस्थापन हुन नसकेका कारण उनले शिक्षण अस्पतालमै नियमित स्वास्थ्य जाँच गराउन भर्ना भएका हुन् । प्रधानमन्त्री त्रिवि शिक्षण अस्पताल भर्ना भएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिएका छन् । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’