नेपाली सेनाद्धारा बारा र पर्साका टोर्नाडो पीडित परिवारलाई घर हस्तान्तरण (भिडियो सहीत )
बारा र पर्सामा आएको टर्नाडाेले पुर्याएको क्षेती पछि नेपाली सेनाले निर्माण गरेको घर आज हस्तान्तरण गरिएको छ । आईतवार बारा र पर्सामा आयोजित जनता आवास पुननिर्माण कार्यक्रमलाई कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल ले सम्बोधन गर्नु भएको हो ।
नेपाल सरकार मन्त्री परिषदको निर्णयमा नेपाली सेनाले २०७६ साउन मसान्तसम्म सबै ८ सय ८९ वटा घर निर्माण गरि हस्तान्तरण गरिसक्ने जनाएको थियो । नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेको ८०७ र पर्सामा निर्माण गरेको ६२ वटा घर हुरीपीडितलाई हस्तान्तरण गरेको छ ।
गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी २९ जनाको मृत्यु भएको थियो । हुरीले बाराको फेटा, सुवर्ण, पचरौता, पर्सौनी, परवानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । रक्षा तथा उपप्रधानमन्त्री पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादवसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रमुख र मुख्यमन्त्रीसहित १२ जनाले बारा र पर्सामा एकसाथ घरको शिलान्यास गरेका थिए। सेनाले बारा र पर्सामा गरी ८८१ घर निर्माण थालेको थियो। केही घरमा विवाद देखिएपछिसेनाले सय ८६९ घरको काम सुरु गरेको थियो।
कार्यक्रममा २ नं प्रदेशका मुख्यमन्त्री लाल बाबु राउत नेपाली सेनाका प्रमुखलगायत को उपस्थिती रहेको थियो ।