बच्चाले खाना नखाईदिएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् : डा.बिनोद कुमार साह
काठमाण्डौं,चैत १४ । बालबालिकाहरुको खानपानको समस्या व्यवहारिक समस्यामध्ये पहिलो नम्बरको मानिन्छ। यो उमेर बालबालिकाहरुको शरिरिक विकास छिट्छिटो हुने गरेको र चालको बिकास मोटर डेभलपमेन्टको समय हो। यसका लागि पौष्टिक खाना र शक्तिको आवश्यकता पर्छ। अर्कोतर्फ अभिभावकहरु आफ्ना बालबालिकालाई दिएको नयाँ खानेकुराहरु उनीहरुले नकार्ने नियोफोबिया र अलग्गै बस्न रुचाउने र खाना नखाने व्यवहारले बालबालिकाहरु अस्वभाविक हुँदै गएको कुराले अभिभावकहरु आजित भएका देखिन्छन्।
यस्तै समस्याहरु लिएर बालरोग विशेषज्ञहरुकहाँ आउने अभिभावकहरुको संख्या संसारभर सबैभन्दा उच्च रहेको छ। नयाँ तथ्याङ्क अनुसार बढ्दो उमेरका बालबालिकाहरुमध्ये २० देखि २५ प्रतिशत बालबालिकामा खाना नखाने समस्या रहेको देखाएको छ। खानपानको समस्या भएका बालबालिकाहरु (कम खाने, गाह्रो मानेर खाने, खाना रोजेर मात्र खाने, खाना खाँदै नखाने) मध्ये १६ देखि ३० प्रतिशतलाई कुनै रोग लागेर नखाएको पाइने गरेको। बाँकी अरुलाई भने बानिजन्य समस्या (बिहेबियरल समस्या) भएका कारण खाना नखाने गरेको पाइएको छ।
एउटा बच्चाले खाना नखानुमा धेरै कुराको भूमिका हुन्छ। बच्चाहरुले खाने बेलामा दिएको संकेत आमाले बुझ्न नसक्दा पनि खाना खुवाउन समस्या हुन्छ। बच्चाहरुको समस्याप्रति आमाको प्रतिकृया तथा बच्चालाई खुवाउने बेलाको आमाको मुडले ९रिस वा राहत० र बच्चाको उमेर र विकास अनुसारको खाना लगायतका कुराहरुको समबन्ध रहेको हुन्छ। आमाको मुडले गर्दा बच्चाहरुले गाह्रो मानेर खाने अथवा खाँदै नखाने र आमाहरु धेरै रिसाउने चिच्याउने गरेको पाइन्छ। यसका कारण छिटो तथा ढिलो खाना खाने समेत गरेको देखिन्छ। पछिल्लो अनुसन्धानले खानपिनको समस्या हुनेहरुमा बच्चाको आमाहरुले बच्चासँग कम कुरा गरेको र उनीहरुको इसारा नबुझेको, बच्चाको भावनालाई कम बुझेको, बच्चासँग कम खेल्ने गरेको देखाएको छ।
बच्चाको खाना र खाना खाने समयको आधारभूत नियमः
भौतिक अवस्था तथा वातावरणमा आएको परिवर्तन (सबै उमेर समूहका बालबालिकालाई)
– खाना खाने कार्यक्रम बनाउनुपर्छ। (जस्तैः हरेक चार घण्टामा एकपटक खुवाउनुपर्छ, चारघण्टा नपुगी बिचमा सानो ठूलो खाने पिउने कुरा दिनु हुँदैन, प्यास लागेमा खान खानु दुइघण्टाअघि मात्र पानी पिउन दिनुपर्छ)
– खाना खाने समय सिमित गरेर तोकिएको हुनुपर्छ, जस्तैः ३० मिनेट।
– बच्चालाई एक दुईवटा सामान्य खेलौना दिएर शान्त स्थानमा खाना खुवाउनुपर्छ।
– खाना खुवाउने व्यक्तिको मुड शान्त हुनुपर्छ।
– बच्चालाइ सजिलो ठाँउमा राखेर खुवाउनुपर्छ। आफैं खानसक्ने बच्चाहरुलाई उनीहरुकैलागि बनाइएको अग्लो कुर्सी (हाइ चियर)मा राखेर खुवाउनुपर्छ।
– बच्चालाई खाना खुवाउने व्यक्ति उसको आदर्श व्यक्ति हुनु उपयुक्त हुन्छ। जसलाई बच्चाले धेरै मन पराउने र उसले भनेको मान्ने (आइडियल म्यान) हुनुपर्छ।
खनाको नियमहरुस् (आफैं खानसक्ने बच्चाहरुका लागि)
– बच्चाहरुले आफैंले खाना खानको लागि अभिभावकहरुले खाना नखुवाइ खाना खानको लागि सहयोग मात्र गर्नुपर्छ।
– खानालाई पुरस्कारको रुपमा कहिल्यै पनि दिनु हुँदैन।
– बच्चाहरुले खानालाई खेल बनाउन थालेमा १० देखि १५ मिनेटमा खानाको कार्यक्रम बन्द गर्नुपर्छ।
– खाना खाने समय खेल्ने समय होइन। खेल खेल्न थालेमा खानामा ध्यान रहँदैन र खाना नखाने सम्भावना बढी हुन्छ।
– बच्चाहरुले खाना खाने समयमा रिसाएर खाना फाल्न थालेमा तत्कालै खाना खुवाउने काम बन्द गर्नुपर्छ।
खाना खाने समयको नियम (आफैं खानसक्ने बच्चाहरुका लागि)
– खाना खाने कुरासँग सम्बन्धित नियमहरु बनाएकै हुनुपर्छ। जस्तैः खाना खाने ठाँउबाट नउठ्ने, खाना नफाल्ने लगायतका नियमहरु बच्चाको उमेरको आधारमा निर्धारण गर्नुपर्ने हुन्छ।दुई तीनवटा नियमबाट शुरु गरेर बच्चाहरुको खाने समय र खाने बानी सिकुन्जेलसम्म बिस्तारै बिस्तारै नियमहरु थप्दै लैजानुपर्छ।
– बच्चाहरुले खाना खाने समयको नियमहरु सबै नसिकुन्जेलसम्म हामीले सधैं खाना खानु अघि नम्र भएर नियमहरु सम्झाउनु पर्छ।
– खाना खाने समय रमाईलो हुनुपर्छ। बच्चाहरुसँग कुराकानी गर्नुपर्छ। बच्चाले राम्ररी खाना खाएमा पनि धेरै धन्यवाद दिएर फुर्क्याउनु हुँदैन र कम खाएमा कराउनु वा गाली गर्नु हुँदैन।
– खाना खाने समयको नियम पालना नगरेमा फेरि नियम पालना गर्न भन्ने र फेरि पनि ९तेश्रो पटक० नियम पालना नगरेमा ती नियमहरुलाइ केही समयका लागि स्थगित गरी फेरि शुरु गर्नुपर्छ।
– बच्चालाइ खुवाउँदा थोरै खानाबाट शुरु गर्नुपर्छ, बच्चालाई दिएको खाना खाएमा राम्रो कुराहरु भन्नुपर्छ र उसलाइ राम्रो कुराका लागि खाना थप्न प्रेरित गर्नुपर्छ।
– खाना खाने समय सकिएमा खाना नसकिएकै अवस्था भए पनि प्लेट उठाउनु पर्छ। खाना नसकीएको भए अभिभावकले बच्चाहरुलाइ कराउने गाली गर्ने गर्नु हुँदैन।
– अर्को खाना सम्म बच्चालाई मिठाइ र चक्लेटहरु लगायतका चिजहरु खान दिनु हुँदैन।
– बीचमा खान खोजेमा र खानाका लागि जिद्दी गरेमा नियमलाई केही समयका लागि बन्द गरेर फेरि हार नमानी सोही नियमलाई निरन्तरता दिनुपर्छ। बच्चाहरुले नियम धेरै तोड्ने गरेमा नियम पालना गर्ने बानी सिक्नका लागि ढिलो हुनसक्छ।
माथिका नियमहरु बालबालिकाहरुको हितको लागि हो। एक पटक सफल भएमा बालबालिकाहरुको खाना खाने समस्या नै रहँदैन।
(लेखक डा.साह टर्कीको हजितेप्पे बिश्वबिद्यालय टिचिंग हस्पिटलमा बालरोग तथा नवजात शिशु बिभागमा दुइ दशक आघि देखि कार्यरत छन् )