नेपालमा कोरोना सङ्क्रमित ६२११ पुग्याे
काठमाण्डौं,असार २ । नेपालमा थप ४५१ जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ । साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिए। २४ घण्टामा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे ।
आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३ हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा रहेका छन्। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन् । यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् ।