भक्त बीबी द्धारा जनप्रतिनिधीलाई मास्क बितरण
काठमाण्डौं,असार ४ । भक्त बीबी हेल्पिङ हेण्ड्स फर ह्युमानेटीले काठमाडाै महानगरपालिका वडा नं.१० मा कार्यरत कर्मचारीहरू एवम् जनप्रतिनिधिहरूका लागि एन ९५ ( KN95 ) माक्स ५० प्रति बितरण गरेको छ ।
संस्थाका केन्द्रिय सल्लाहकार राजु वस्न्यात र पुरुषोत्तम राजभण्डारी ले कामनापा १० का वडा अध्यक्ष रामकुमार केसी लाई हस्तान्तरण गर्नु भएको हो ।
संस्थाले कोभिड-१९ को महामारीमा जोगिन र जनचेतना फैल्याउँदै लकडाउन अवधीभर देशको धेरै जसो जिल्लाहरुमा राहत,निशुल्क भोजन,निशुल्क यातायात र धनगढीमा क्वेरन्टाइन को ब्यवस्था गर्दै आई रहेको छ ।