गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको निधन

गुल्मी,असार ५ । गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको निधन भएको छ । भारतवाट आएका एक पुरुष होमक्वारेन्टिनमा बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी राजेन्द्रसिंह खड्काले घटनाको पुष्टि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको निधन भएको भएको बताए । उनी गत २५ जेठमा भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए ।

बिहीबार गरिएको प्रारम्भिक जाँच आरडिटी परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । आरडिटी पोजेटिभ आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न सुझाव दिइएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले होम क्वारेन्टिनमै बसेको बेलामा उनको निधन भएको बताएका छन् । निधन पछि ति पुरुषको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको र कोरोना भए नभएको रिपोर्ट आएपछि मात्र थाहा हुने उनले बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv