काठमाडौं उपत्यकामा बुधबार मध्यराति देखि निषेधाज्ञा लागू हुने

काठमाण्डौं,भदौ २ । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुनेगरी उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो ।कोरोनाको संक्रमण बढ्दै गएपछि सोको रोकथाम र न्यूनीकरणको उद्देश्यसहित मंगलबार उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।निर्णयअनुसार औषधि खाद्यवस्तु तथा अत्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैन ।

यसैगरी अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासाय सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सवारीसाधनबाहेक उपत्यकाभित्र अरु सवारीसाधन प्रवेश निषेध गरिएको छ ।
यस्तै कोभिड-१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम, उपचार तथा व्यवस्थापन कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउजाउ गर्नपर्ने कर्मचारीको हकमा सम्बन्धित कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि १०ः३० र बेलुकी ३ देखि साढे ५ बजेसम्म आवागमन गर्नेबाहेकको समयमा सवारी साधन सञ्चालन गर्न दिइने छैन ।

निर्णयअनुसार औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने गाडी जस्ता अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको छ ।

दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ ।

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुराँ सञ्चालन गर्न पनि पाइने छैन ।
बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवा गर्ने व्यवस्था मिलाउन भनिएको छ तर सो सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ ।

यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्र्फम हवाई टिकट देखाए एयरपोर्ट जानका लागि सवारी साधनको व सहजीकरण गर्न सकिने पनि निर्णयमा उल्लेख छ । यस्तै अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्यवृद्धि गर्नेलाई कानुनबमोजिम कारबाही हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv