के न्याललयले अदालतको कठघरामा कर्म दिने आमा पुष्पाको कथा सुन्ला ?
काठमाण्डौं,भदौ ७ । यतीबेला केयर बाल गृहमा रहेका ११ बालिकाहरु कस्ले राख्ने भन्ने बिषयमा राष्ट्रिय बाल अधिकार परिषद र पुष्पा अधिकारी बिच सर्वच्व अदालतमा रिट परेको छ । निवेदक पुष्पा अधिकारीले २०७७ साल साउन २५ गते सर्वच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछी राष्ट्रिय बाल अधिकार परिषदले आफुलाई चोखो राख्न निकै मेहनत गरी रहेको छ ।
ती ११ बालिकाहरुको आफन्तलाई सम्पर्क गर्ने, उनिहरुलाई बालिका फिर्ता लानुस् भन्दै दवाव दिने जस्ता कार्य गरीरहेको सुन्नमा आएको छ ।
काठमाण्डौंको रहनसहनमा हुर्की बढेका र पढाई गर्दै गरेका ती बाललिकाहरु अहिलेको यस्तो अवस्थामा घर जान राजी होलान ? तिनीहरुलाई कुनै कुराको कमी हुन नदिएकी पुष्पाको बिरुद्धमा बोल्न सक्लान ? यही प्रश्नले हामीलाई पनि राज्यको निकाय सँग संका उत्पन्न गराएको छ ।
पुष्पा अधिकारिको नजरमा सयौं थुङा फुलका माला जस्तै थिए केयर बाल गृहमा रहेका यी बालिकाहरु । आज सरकारले उद्दारको नाम ती बालिकाहरुलाई अन्यत्रै राखेर सो घर रित्तो बनाएको छ । एउटा कर्म दिने आमाको कोखबाट सन्तान खोसेको छ । बिगत ४ बर्ष देखी यही घरमा हाँसीखेली हुर्की पढ्दै मिठो सपना बोकेका ती नानीहरुलाई पुनर्मिलनको बहानामा सहारा खोस्दै छ ।
थाह छैन सरकारको निती कस्तो छ के छ तर त्यसरी बालिकाहरुको इच्छा बिपरित उनिहरुलाई त्यो बाल गृहबाट यसरी लगिनु कस्तो मानव अधिकार हो कत्तिको जायज हो ? कस्तो नियम हो तपाईं हामीले बुज्नै पर्ने भएको छ ।
हेर्नुहोस् ती बालिकाहरुलाई परिषदका कर्मचारीहरुले कसरी लतारेर लगेको छ । राज्यको निकायको यस्तो कृयाक्लापले देशलाई समुन्नत समाज बनाउन र सम्रिद्धी तिर लान चाहने ओली सरकारले न्याय दिन सक्ला ? सन्तान मोहले ब्याकुल बनेकी पुष्पा अधिकारी र यी बालिकाहरुको पुनर्मिलन गराउन सक्ला ? यो भने हेर्न बाँकी छ । लेखक रतन चन्द ।