कोरोना पुष्टि भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन
नयाँ दिल्ली ,भदौ १५ । काठमाडौँ । लामो समय अस्पतालमा कोमामा रहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनी अस्वास्थ्य भएर अस्पतालमा उपचारार्थ थिए । ८४ वर्षका मुखजीएका उपचारका क्रममा सोमबार निधन हो । मुखर्जीका छोराले सामाजिक सञ्जाल मार्फत सो कुराको पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।
स्वास्थ्य समस्या भएपछि पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनी कोमामा गएका थिए । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा उनलाई कोरोना समेत पुष्टि भएको थियो ।
अस्पताल भर्ना हुनु अघि प्रणव आफैले पनि कोरोना पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । अगस्ट १० मा मुखर्जी आफैंले जानकारी गराएका हुन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला उनले स्वाब परिक्षण गराउँदा कोरोना पुष्टि भएको थियो । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड(१९ को परीक्षण गराउन समेत ट्वीटर मार्फत आग्रह गरेका थिए ।
भारतमा कोरोना तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।