उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपियो

 

काठमाण्डौं,भदौ १७ । काठमाडौ उपत्यकामा फेरी एक साताका लागि निषेधाज्ञा थपिएको छ । मंगलवार तीन जिल्लाका सिडिओको भर्चुअल बैठकले निषेधाज्ञा थप एक साता बढाउने निष्कर्ष निकालेसंगै बुधवार गृहमन्त्रालयसंगको छलफल पछि यस्तो निर्णय गरिएको हो । काठमाडौमा कोरानो संक्रमितको संख्या बढ्ने क्रम नरोकिएपछि जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरिएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

तर, निषेधाज्ञाको मोडालिटि भने केही फरक बनाइएको छ । अत्यावश्यक संगै उपभोग्य बस्तु सम्बन्धि सेवा दिनेहरुलाई पनि खुला गरिएको छ । होम डेलिभरी लगायतका सेवा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । तर बाहिर निस्कदा स्वास्थ्य सजगता भने अपनाउनुपर्ने नियम लागू भएको थियो । माक्स नलगाई बाहिर निस्कन नपाउने नियम लागू भएको हो । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv