२७ बर्षिया अंशु गुरुङ व्रिटिश आर्मीको क्याप्टेन बन्ने पहिलो नेपाली महिला

लण्डन,मङ्सीर ८ । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट डा. गुरुङ बेलायती सेनामा संभवत पहिलो नेपाली क्याप्टेन बन्न सफल भएकी छिन् । बेलायतको क्वीन्समेरी युनिभर्सिटीबाट अध्यन सकेर रोयल मिलिटरी एकाडेमी कलेज क्यामबर्लीमा लामो तालिम सम्पन्न गर्दै उनी पहिलो पटक व्रिटिश सैनिक क्याप्टेन बन्दै नयाँ उच्च पदमा पुग्न सफल भएकी छन ।

गोर्खा सैनिकका लागि ठूलो तालिम केन्द्र मानिएको स्याण्डहर्स्ट उनलाई २१ नोभेम्बर शनिवार उक्त उपाधि प्राप्त भएको हो । अंशुका पिता अमर गुरुङ पनि व्रिटिश आर्मी नै हुन् ।

आफ्नो बुवाले गरेको मिहेनत र श्रमबाट आफु पनि आर्मी क्षेत्रमै लाग्न प्रेरणा मिलेको अंशुले बताइन् । बेलायतबाट प्रकासित हुने वीइनेपालीका अनुसार “म सानैदेखि वावाको पेशा देखेर नै प्रेरित थिएँ, र उहाँकै प्रेरणाले यहाँसम्म आइपुगियो, अझ क्याप्टेन हुने पहिलो नेपाली हुन पाएकोमा निकै गर्वको महसुस भएकोे छ।” उनले भनिन् ।

दन्तसम्बन्धी चिकित्सक समेत रहेकी गुरुङले रचेको नयाँ इतिहासले वेलायतस्थित नेपालीहरुले आफुहरुको शिर उँचो भएको बताएका छन् । भुम्दिकोट समाज यूकेले एक विज्ञप्ती जारी गर्दै उनको सफलताप्रति बधाई ज्ञापन गरेको छ ।

उनका पिता गुरुङ भुम्दिकोट समाज यूकेका सदस्य तथा आमा सुकु गुरुङ आमा समुहको अध्यक्ष हुन् । संस्थाका दुई जिम्मेवार व्यक्तिहरुको छोरीले यस प्रकारको उत्कृष्टता पाएको कुरा शेयर गर्न पाउँदा आफुहरु पनि हर्षित भएको संस्थाका अध्यक्ष जुमकाजी गुरुङले बताए । बेलायत र नेपालवीच २ सय बर्ष देखि लामो सम्बन्ध रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv