ठकुरीको धर्म संकार र परम्परा जोगाउन संजालले चाल्यो यस्तो कदम
काठमाण्डौं, माघ ४ । ठकुरी सहयोग संजाल केन्द्रिय कार्यालयले ‘ठकुरीहरुको धर्म संस्कृती र पहिचान ईतिहास र बर्तमान बिषयक’ अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । आईतवार काठमाण्डौंको कमलपोखरीमा प्रतिष्ठानका उपकुलपती डा जगमान गुरुङ र बरिष्ठ पत्रकार तथा नागरिक समाजवका अगुवा प्रेम कैदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै डा गुरुङ ले भन्नु भयो ‘नेपालको ईतिहासमा ठकुरीहरुको पहिचान जस्तो थियो अहिले त्यो हराउँदै गएको छ ।” उल्लेख गर्नु भयो । ठकुरीहरुको बिगत र बर्तमानको अवस्था, भाषा, संस्कृती,परम्परा संगै धर्मका बारेमा डा गुरुङले कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउनु भएको थियो
संजालका अध्यक्ष अजय मल्ल ठकुरीले प्रमुख अतिथीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभयो भने संजालका अभियान्ता तथा सल्लाहकार परिवेश मल्ल ठकुरीले अन्तर्कृया कार्यक्रमको संचालन गर्नुभएको थियो ।
सो कार्यक्रममा सहभागीहरुले ठकुरी जात र इतिहासका बारे बिभिन्न जिज्ञासा राख्नु भएको थियो ।