फोटो पत्रकार वन्तको लेन्समा चीनको सान्दोङ प्रान्त : फोटोफिचर

काठमाडौं,पुष ६ गते । अहिलेको मिडिया र समाचारको लागि फोटोको अपरिहार्य बनिसकेको छ । फोटोग्राफरले खिचेका फोटोहरु मिडियामा मार्फत सार्वजनिक नभएता पनि सोसल मिडियाले सहज पहुच बढाइरहेकोले जुन कुरा सशक्तरुपमा सोसियल मिडिया सजिलै पोष्ट गर्न सकिन्छ ।
एकातिर फोटो नभई समाचार नबन्ने अवस्था अनलाइन मिडियाले ल्याइदिएको छ भने अर्कातर्फ फोटो आफैँमा समाचार हो । त्यसैले पत्रकारितामा तस्बिर आफैँ बोल्छ भनिएको हो । फेरि एक तस्बिरले एक हजार शब्द बोल्छ भन्ने वास्तविकता पनि पत्रकारिताकै सिद्धान्तमा पाइन्छ । यसैले त विश्वका विकसित देशहरुमा हामीकहाँ भन्दा पनि बढी पत्रकारितामा तस्बिरको प्रयोग हुन्छ ।
यही महत्वपूर्ण जिम्मेवारीमा रहेका हामी नेपाली फोटो पत्रकार समूहले प्राप्त गरेको एउटा अवसरका बारेमा मैले यहाँ केही शब्द र चित्र प्रस्तुत गर्न चाहेको हो ।


जसका कारणले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फोटोले महत्वपूर्ण भूमिका प्रदान गरेको छ । आफ्नो विधागत कार्यमा दुईदेश विचका फोटोपत्रकारहरुले खिचेका सास्केतिक तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी एवं अन्तरक्रिया गर्न पाउनु हाम्रा लागि महत्वपूर्ण रहन गयो ।
विन्झाओ फोटोग्राफर एसोसिएसनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूहको केन्द्रीय टोली मेरो नेतृत्वमा पहिलो पटक गत हप्ता चीन भ्रमणमा गएका थियौँ । १४ जना नेपाली फोटोपत्रकारको सो टोली चीनमा फोटो प्रर्दशनीका लागि गएका थियौं । उक्त कार्यक्रमलाई सहयोग पुर्‍याउन नेपाल चाइना फोरमका अध्यक्ष कल्याणराज शर्मा र चिनियाँ फोटोग्राफर सु सोयको महत्वपूर्ण भुमिका रहेको थियो । यसै भ्रमणका क्रममा दुई देशबीचका फोटोग्राफर र फोटोपत्रकारका बीचमा मित्रता स्थापना गर्ने एक सुवर्ण अवसर हामीलाई प्राप्त भयो । उक्त भ्रमणका अवसरमा हामीले चीनका विभिन्न पर्यटकीय साथै शैक्षिक क्षेत्रहरुको पनि अवलोकन गर्ने अवसर पनी पायौं । नेपालबाट पहिलोपटक यसरी संयुक्त रुपमा चीन पुगेको १४ जना फोटोपत्रकारहरुको यो भ्रमण अविस्मरणीय रहन गएको छ । यस अवसरमा म आफूलाई निकै खुसीको अनुभुति भएको छ यसका लागि कार्यक्रम संयोजक सस्थाका उपाध्यक्ष सुनील सर्मा लगायत केन्द्रीय टिमलाई धन्यवाद दिन चाहन्छु । एनएफपिजे नेपालले उक्त अवसरमा चीनको सान्दोङ प्रान्तमा रहेको विन्झाओमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल‐सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल फोटो प्रदर्शनी विषयमा नेपालका सांकेतिक तथा पर्यटन क्षेत्रका एक सय वटा फोटो प्रर्दशनीमा राखिएको थियो ।
यस कार्यले दुई देशका फोटोग्राफरहरुको मित्रता अझै गाढा हुने विश्वास हामीले लिएका छौँ । साथै फोटोका माध्यमबाट एक आपसमा प्रचारप्रसार तथा क्यामरा लगायत प्राविधिक सहयोग आदानप्रदान गर्ने विषय लगायत विन्झाओ फोटोग्राफर एसोसियसन र विन्झाओ मिडिया हाउससँग पनि सझौताहरु गरिएको थियो । दुई देशका यति ठूलो संख्याका फोटोपत्रकार साथीहरुलाई एकै ठाउँमा जम्मा भएर यसप्रकारको हाम्रो आफ्नो व्यावसायिक अन्तरक्रिया गर्ने यो महत्वपूर्ण अवसर जुटाइदिने चीन सरकारलाई पनि व्यक्त गर्न चाहन्छु । दुई देशबीचको सरकार सरकारकाबीचको सम्बन्ध त छँदैछ यस्ता कार्यले जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने अपेक्षा गर्न सकिन्छ ।


यही मौका छोपेर हामीले विन्झाओका विभिन्न ठाउको अवलोकनका साथै राम्रा फोटोहरु पनि कैँद गर्ने अवसर प्राप्त गरेका थियौँ । भने विभिन्न मनोरम दृश्यहरु प्रत्यक्ष अवलोकन गर्न पाउदा मन साह्रै आनन्दित भएको थियो । उक्त अवसरमा हामीले द लिविंग रोड लाइन, बिनझाउ अंडरवाटर वल्र्ड, बिन्झाउ सिटी आर्ट म्युजियम, बिन्झाउ हाई टेक हाई स्कूल, कन्फ्युसियस म्युजियम, कन्फ्युसियस मन्दिर, कोङ परिवारको महल, कुफु शहर, जिनान सहरको ड्यामिङ लेक, कुसुइटिंग स्ट्रीट, फुरोंग सड़क, जिनान सहरको लिवरेसन प्याभिलियन,.बाओटु स्प्रिंग बगैँचा, क्वानचेंग स्क्वायर, मुक्ति मण्डप, मे फोर्थ स्क्वायर, ओलम्पिक सेलिङ केन्द्र, लाइट सो छिन्ताओ सहरसम्म पनि पुगेका थियौं ।


त्यसैगरी क्वान्चेंग स्क्वायर, बओटु स्प्रिंग वाटर गार्डेन, फाइभ ड्रागन पूल, ड्यामीङ लेक, कुशुइटिंग स्ट्रीट, फुरोंग स्ट्रीट पनि हामी गयौँ । अन्तिम दिनमा लिटिल फिस हिल पार्क, नेभी म्युजियम, किन्यु रोड, झाँकियाओ पियर आदि ठाउँको अवलोकन तथा भ्रमण गरी फोटोहरु खिच्न पाएका थियौँ । यही भ्रमणका क्रममा मैले लिएका केही तस्बिरहरु यहाँहरुसामु पस्किन पाउँदा खुसी लागेको छ ।

प्रदीपराज वन्त,राष्ट्रिय फोटोपत्रकार समूहका केन्द्रीय अध्यक्ष तथा राससका सिनियर फोटोपत्रकार हुन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv