रबीले नभनेको भए म टेलिभिजनमा फर्किन्न थिएँ – विजय कुमार पाण्डे ( बरिष्ठ पत्रकार तथा लेखक ) ( भिडियो सहित )
काठमाण्डौं,फागुन १२ । नेपाली टेलिभिजनको क्षेत्रमा एउटा स्तरिय कार्यक्रम संचालक,लेखक तथा बरिष्ठ पत्रकार विजय कुमार पाण्डेले ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम संचालन गर्ने भएका छन् । मंगलबार म्यारियट होटेलमा आयोजित समारोहमा “सम्बन्ध” नामक कार्यक्रम संचालन हुनलागेको जानकारी दिंदै वहाँले भन्नु भयो – मैले क्यामरा लाइट यो तामझाम सबै छोडी सकेको थिएँ,किताब लेख्यो र त्यसैमा रमाइरहेको थिएँ । रबीले नभनेको भए म टेलिभिजनमा फर्किन्न थिएँ । उनको यो बोलीमा गडगड तालीको बर्षा हुँदा केहीबेर भावुक हुनु भयो हेर्नुहोस् भिडियो :-