११ बर्षिय सुशिल शाही आर्थिक अभावका कारण उपचारबाट बन्चित,सहयोगको लागि अपिल गर्दै आए मिडियामा ( भिडियो )
यी हुन बर्ष ११ का सुशिल शाही जो दैलेख जिल्लाबाट आई उपचारका क्रममा हाल काठमाण्डौंमा छन् । ११ बर्षको कलिलो उमेमै बोन म्यारो जस्तो ठुलो रोगले ग्रसित सुशिल बिपन्न परिवार र आर्थिक अभावकै करण समयमा उपचार गराउन पाएका छैनन् ।
आज उनलाई कम्तिमामा पनि ३० लाख जुटाउनु छ । हिंडडुल गर्न असमर्थ हुँदा पनि रकम संकलनको लागि उनी अहिले आफ्ना ठुलोबुवा सँग बिभिन्न ठाउँमा पुग्ने गरेकाछन् ।
उनको चाहना यदी यो रोग निको भयो भने पढेर डाक्टर हुने र उनी जस्तै बिपन्न परिवारका रोगीको सेवा गर्ने मनसाय छ । उनलाई यो बोनम्यारो रोग कसरी लाग्यो र अहिले उपचार के कस्तो हुँदैछ त हेरौं यो भिडियो – (अमृत बिक्रम शाही प्रभु बैक शाखा दैलेख बचत खाता नं – ०७३०१००१२२९०००१६ मोबाइल नं – ९८५८०६२५१० । )