भक्त बि.बि.फर ह्युमानिटि र नवजीवन परोपकार समाजको संयुक्त पहलमा असहाय तथा बिपन्न टमाटाका परिवारको उद्धार
धनगढी,फागुन १६ । भक्त बि.बि. फर ह्युमानिटि र नवजीवन परोपकार समाजको संयुक्त पहलमा असहाय तथा बिपन्न धनबहादुर टमाटाका परिवारको उद्धार गरिएको छ ।
एक दशक देखी कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं. ३ कुचैनीमा अवस्थित शिबगंगा शिविरमा बस्दै आएका धन बहादुर टमाटाको परिवारको भक्त बि.बि. फर ह्युमानीटी र नवजीवन परोपकार समाजको संयुक्त पहल तथा नागरिक समाज, प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय व्यवसायीहरूको रोहबरमा शनिवार उद्धार गरिएको हो ।
टमाटा परिवारको अवस्थाको बारेमा जानकारी पाएपछी शनिवार भक्त बि.बि. फर ह्युमानीटी र नवजीवन परोपकार समाजको संयुक्त पहलमा सो स्थानमा गई उद्धार गरी काठमाडौँ ल्याइएको छ ।
धनबहादुर टमाटाले आफ्नो परिवार को पिर मर्का बुझी कैलालीको गौरीगंगा ३ मा अवस्थित उक्त शिविरमा रहुन्जेल सहयोग गर्ने सबैप्रति आभारी रहेको बताएका छन् । उनले भावुकहुदै आफ्नो परिवारलाई कैलालीबाट काठमाडौँ लग्न पहल गर्ने सबै धन्यवादको पात्र रहेको बताउँदै, ‘मेरो परिवारको पिर मर्का बुझी उद्धार गर्न पहल गर्नुहुने सबै स्टमित्र, छिमेकी, पत्रकार, प्रहरी तथा सम्पूर्ण संघ संस्था प्रति आभारी छु । साथै विशेष धन्यवाद दिन चाहन्छु र आमा जस्तै बनेर हामीलाई नयाँ जीवन स्वरूप उद्धार गर्न आउनुहुने शारदा भुसाल ज्यु पर्ती आभारी छु !’ उनले भने ।
त्यस्तै, टमाटाको परिवार को स्थलगत रूपमा जानकारी लिन पुगेका भक्त बि.बि. फर ह्युमानिटीका केन्द्रीय सल्लाहकार तथा रेडियो धनगढीका अध्यक्ष राजबहादुर चन्दले आफ्नो प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै भन्नु भयो ‘टमाटा दाइको अवस्था देखी सकेपश्चात मलाई निन्द्रा परेको थिएन, उहाँले आफ्नो अवस्था यस्तो हुँदा हुँदै पनि टुहुरी भान्जीलाई समेत सहारा दिइराख्नुभएको रहेछ । कसरी उहाँको सहारा बन्नसकीएला भन्ने कुराहरूले पिरोलिरहेको थियो । आज उहाँको उद्धार गर्न सफल भएका छौँ खुसी लागेको छ ।’
उक्त परिवारको बारेमा जानकारी पाएको ११ औं दिनमा उद्धार गर्नको लागी भक्त बि.बि. फर ह्युमानिटीकी अध्यक्ष शारदा भुसाल झा र नवजीवन परोपकार समाजका महा-सचिव तथा अधिवक्ता दीपकराज जोशीको समुह धनगढी पुगेको थियो ।
त्यस्तै, नवजीवन परोपकार समाजका महासचिव तथा अधिवक्ता दीपकराज जोशीले टमाटा परिवारको उद्धार गर्न पाउँदा खुसी लागेको बताउँदै, ‘हाम्रो संस्थाले टमटापरीवारको खान बस्न तथा बालबालिका शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताहरूको उचित व्यवस्था मिलाउने छ । उहाँको परिवारले आज जे-जस्तो दुःख भोगे पनि अब देखी उहाँको जीवन शैली फेरिएको छ । सहज दैनिकीको सुरुवात भएको छ ।’ उनले भने ।
यसै गरी, आफूले जानकारी पाएको दिन देखी आज ११औँ दिनसम्म टमाटा परिवारको उद्धारको लागी पहल गर्ने र वास्तवमै टमाटा परिवारका सात जना सदस्यको जीवनमा नयाँ मोड ल्याउने भक्त बि.बि. फर ह्युमानिटीकी अध्यक्ष शारदा भुसाल झाले, ‘मानवीय सेवा गर्ने हेतुले स्थापना भएको हाम्रो संस्थाले उहाँको परिवार को बारेमा जानकारी पाएको ११ औँ दिन उद्धार गर्न पाउँदा हामी खुसी छौँ, अझै यस्ता दुःखी पिडा भोगी रहेका र हसाहय परिवार को सहयात्री बन्दै सहज दैनिकी बनाउन सधैँ कटीबद्ध भएर लागी पर्ने हाम्रो प्रयास जारी छ । उहाँको परिवार को उद्धार गर्दै गर्दा हामीले हाम्रो यत्राको एक नयाँ खुड्किलो पार गरेका छौँ र थप जिम्मेदारी थपिएको महसुस गरेका छौँ ।’ वहाँले बताउनु भयो ।