स्व.पदमरत्न तुलाधरको १३औं दिनको पुन्य तिथी
काठमाण्डौ ३० कात्तिक । स्व.पदमरत्न तुलाधरको १३औं दिनको पुन्य तिथीमा श्रद्धाञ्जली सभाको आयोज नागरिएको छ ।
शुक्रबार आयोजित श्रद्धान्जली कार्यक्रममा सरकारको तर्फ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख उपस्थी रहेको थियो । पोखरेलले मन्तब्यका क्रममा “तुलाधरले मानवअधिकार , लोकतन्त्र , जनजाति आन्दोलन लगायतमा पुर्याएको अतुलनीय योगदानलाई सरकार र नेपाली जनताले कहिले पनि नभुल्ने बताउनुभएको छ । उहाँले पुष्पलाल , गणेशमान पछि स्व.पदमरत्न तुलाधरलाई तेस्रो ब्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने बताउनुभयो । स्व.तुलाधरले नेपाली समाजलाई पुर्याउनु महत्त्वपूर्ण योगदानलाई सरकारले राष्ट्रिय सम्पत्तिका रुपमा पुजीकृत गर्नेछ र उहाँको आदर्शलाई नेपाली जनताले अनुसरण गर्ने कुरा बताउनुभयो । उक्त कार्यक्रममा सबै पार्टी नेताहरु , समाजसेवी , मानवअधिकारकर्मी ,लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम बसन्तपुरमा भएको थियो । तस्बिर श्रोत – प्रभात कटुवालको फेसबुक वालबाट