तरल राजनीतिमा विप्लवको प्रवेश – किरण शाह ( बिचार )
काठमाण्डौ । बडामहाराजधिराज पुथ्बीनारायण शाहको एकीकरण पश्चात स्थापना भएको यो देशमा सत्ता र शक्तिको लागी थुप्रै पटक नरसंहारहरु भए । थुप्रै देश भक्त राष्ट्र भक्तहरुको उदय र अवसान पनी भयो थुप्रै शासकीय ब्यबस्थाको प्रयोग पनी भयो तर अपवाद बाहेक सत्ता र शक्ति सँग मात्र जोडीयको राजनैतीक नेता र नेतृत्वको कारण विश्वमै गरीब राष्ट्रको रुपमा रही नै रहयो । आम जनताले गाँस बास र कपासको त कुरै छाडौ समयमा पैसा तिरेर पानी पिउन र दिशा पिशाब गर्न गर्व गर्नु पर्ने दिन आयो ।
बिदेशी बिधालय र बिदेशी शिक्षकहरुबाट दिक्षीत अपबाद बाहेकको नेतृत्वहरु ले बिदेशी कै ईसारामा काम गर्न थाले ठुल ठुला भ्रमको खेती गरे आफूलाई बादशाहको रुपमा परिभाषित गरे बिदेशीको सिकाई र ईसारामा क्रान्तिका नाममा निर्दोष जनताको बली दिए , देशको बिकासलाई रोकेर अपुरणीय आर्थिक क्षति गरे,पिता पुर्खाको पालादेखि चली आएको व्यवहारिक एंबम बैज्ञानीक बैधीक सनातन धर्म संस्कृती रिती रिवाज परम्पराको जरो उखलन तल्लीन भए त्यती मात्र होईन देशको सार्वभौमीकता,अखणडता,स्वतन्त्रतामामा आँच पुर्याए।
आज हरेक नेपालीलाई देश रहन्छ की रहदैन भन्ने चिन्ता छ तर नेतालाई मेरो कुर्सी रहन्छ की रहदैन भन्ने चिन्ता छ। जनता सिटामोलको अभावमा मरीरहेछन नेता सत्ता र शक्तिको लागी देशलाई बन्धक बनाई आफु आफु लडिरहेका छन । योग्यता, क्षमता,ईमानदारीता हिन नेतृत्वको कारण देश असफल राष्ट्रको सँघारमा छ तैपनि बिदेशी प्रभुको कृपामा सत्ता र शक्ति हत्याउन तछाड मछाड गरीरहेको वर्तमान राजनैतीक तरल अवस्थालाई बिसीषट राजनैतीक अबस्था भनी परिभाषित गर्दै सशस्त्र संघर्ष त्यागी विप्लव शान्तिपूर्ण राजनीतिमा पर्दापण गरेको छ। सशस्त्र संघर्षलाई आफ्नो कार्यदिशा बनाई भुमीगत राजनीती गरीरहेको विप्लव समुह कुनै मोलमोलाई बिना खुला राजनीतिमा आउनु सन्देह सँगसगै आसाको किरण पनी देखीयको छ। विप्लवले धेरै कुरा देखेका र भोगेका छन् । लामो समय सशस्त्र संघर्षमा बितायका छन् । बिगतमा आफ्नै नेतृत्वको विरुद्ध हतियार उठाएका छन् आफ्नै नेतृत्वको भण्डाफोर गरेका छन् अनी आफ्नो पुर्खाको इतिहासलाई पनी बुझेका छन् सायद त्यहीको परिणाम होला सत्ता र शक्तिको मोल मिलाई बिनानै सामान्य अनी भद्र रुपमा सार्वजनिक भए। विप्लबको बिगतलाई हेर्दा पनी सधै उनले जन जिविका र राष्ट्रबादी धारको कुरा गर्दै आइरहेका छन्, सबै राष्ट्रवादी शक्ति एक हुन पर्ने आवाज बुलन्द गर्दै आएका छन्।
शान्ति वार्ता मार्फत सार्वजनिक हुँदा पूर्ण रुपमा असफल भएको दलाल संसदीय व्यवस्थाको बिकल्पको रुपमा एकीकृत जन क्रान्ति र बैज्ञानीक समाजवादको अवधारणालाई अगाडी सारेका मात्र होईनन् खास खास बिषयमा जनमत संग्रह आबस्यक रहेको र त्यो जनताको अधिकार हो भनी लोकतन्त्रको सम्मान गरेका छन्।
जनचाहना बिपरीत बिदेशीले थोपरेको अवैज्ञानिक सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षले देशलाई आर्थिक सामाजिक र भुगोलको हिसाबले पनी जर्जर बनाइरहेको परीपेक्षमा विप्लवको जनमत सङ्ग्रह, एकीकृत जन क्रान्ति अनी बैज्ञानीक समाजवाद देश र जनताको लागी कोसे ढुङ्गे साबित हुन सक्छ यस अर्थमा विप्लवलाई स्वागत अनी शुभकामना दिन सकिन्छ ।
ईतिहासको पानालाई पल्टाएर हेर्दा धेरै टाढा जानु पर्दैन बडामाहाराजधिराज पुथ्बीनारायण शाह,राजा त्रिभुवन, राजा महेन्द्र, राजा वीरेन्द्र, विपी कोइराला,मदन भण्डारी, मनमोहन अधिकारी,गणेशमान, कृष्ण प्रशाद भट्टराई र राजा ज्ञानेन्द्र जस्ता देश भक्त राष्ट्र भक्तको यही देशमा जन्म भएको छ जसको आजपनि छुट्टै छाप रहेको छ। विप्लवले आफु के बन्ने कुन बाटो रोज्ने चुनौती सँग सँगै अबसर पनि छ । ईतिहासलाई गम्भीर समीक्षा गर्दै पुर्खाको आन मान अनी सम्मानको जगेर्ना गर्ने दायित्व र जिम्मेवारी आज विप्लवको काँधमा आएको छ । उनकै भाषामा वर्तमान राजनैतीक परीस्थीतीले अवसर र चुनौतीका साथ प्रदान गरेको जिम्मेवारी र दायित्व पूरा गर्न आफैले प्रस्ताव गरेको एकीकृत जन क्रान्ति र बैज्ञानीक समाजवादलाई नेपाली माटो र माथी उल्लेखीत देश भक्त राष्ट्र भक्त महापुरुषहरूको आदर्श र भावना सँग कसरी जोडछन् त्यसैमा विप्लवको सफलता र असफलताको मापन हुनेछ। जय देश । (लेखक किरण शाह ठकुरी सहयोग संजालका सल्लाहकार तथा अधिवक्ता हुनु हुन्छ । )