विनोदको खुसी फर्कियो, अनिता बिस्तारै हिड्न र बस्न सक्ने भइन ,यस्तो छ पछिल्लो अबस्था (भिडियो हेर्नुस्)

काठमाण्डौ,बैशाख २३ । अनिता र विनोद कुनै सेलिव्रेटी होइनन् । तर पनि अहिले सामाजिक सञ्जालमा उनीहरुको चर्चा छ । कारण विनोदले पत्नी अनिताका लागि देखाएको माया । अस्पताल ल्याउँदा विनोदले अनिता निको भएर घर फर्कने आश गरेर ल्याएका थिएनन् । जे हुन्छ अस्पतालमै हुन्छ भनेर ल्याएका थिए । तर अहिले उनको खुसी फर्कदै गएको छ । अनिता विस्तारै बोल्न थालेकी छन् । अरुको बोलेको बुझ्न समेत भएकी छन् ।

०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो।

जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के ।

घर फर्कंदा अनिता छट प टा इ र हेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्‍याए । चिकित्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्पतालमा अप्रेसन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पतालमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पूर्णरुपमा निको भएन ।

लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा समस्या देखियो । अनिता दुब्लाउँदै जान थालिन् । असामान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्‍यो । ४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जीवनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए । तरपनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखिएन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनीहरुलाई अर्को आ प त आ इ लाग्यो ।

आफन्त र चिनजानका मानिसले पनि निरासा जगाइदिने काममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् । अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।

अनिताको दुखाइ बढ्दै गयो । निको नभएपनि बाँचुञ्जेल पी डा नहोस् भनेर विनोदले काठमाडौं ल्याए । अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छोडेका थिए । अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सुधार आउने केही आशा जगाइदिएको थियो । केही समयको उपचारपपछि अनितालाई थेरापीको आवश्यकता पर्‍यो । उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।

त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइसकेका छन् । श्वासनलीमा समस्या देखिएपछि विनोदले घाँटीको अप्रेसनको लागि त्रिवि टिचिङ अस्पतालमा लगेका थिए । लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्यमा आएको परिवर्तन देखेर विनोदको अनुहारमा खुशी देखिन थालेको छ । अनिताले पनि हातखुट्टा चलाउन थालेकी छन् भने भेट्न आउने मान्छेहरुसँग मुसुक्क हाँस्छिन् । अडेस लगाइदिँदा २–४ मिनेट बस्न थालेकी छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv